कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पोखरीमा डुबेर किशोर बेपत्ता

केदार शिवाकोटी

चरिकोट — पौडी खेल्ने क्रममा दोलखाको विगू गाउँपालिका—४ लादुकमा एक किशोर बेपत्ता भएका छन् । साथीहरुसँग पौडी खेल्न गएका विगू गाउँपालिका—४ लादुक नाङपालका १८ वर्षीय टिकाराम तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शान्ति आर्दश माध्यमिक विद्यालय नजिकै बुलुङसी पोखरीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता तामाङको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

प्रकाशित : आश्विन ११, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?