कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रामेछापमा कांग्रेस अधिवेशन : ५ पालिकामा निर्वाचन, ३ मा निर्विरोध

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापमा कांग्रेसको पालिकास्तरीय अधिवेशन आइतबार सम्पन्न भएको छ । मन्थलीमा सर्वसम्मत सभापति चयन गरिए पनि अन्य पालिकामा निर्वाचनबाट नयाँ समिति चयन भएको छ ।

निर्वाचन समितिका अनुसार १ नगर र २ गाउँपालिका गरी ३ वटा पालिकामा सभापति सर्वसम्मत भएका छन् भने १ नगर र ४ पालिकामा निर्वाचनबाट सभापति चुनिएका छन् । मन्थली नगरपालिकामा शंकरप्रसाद अधिकारी, खँडादेवी गाउँपालिकामा तेज घिसिङ र सुनापति गाउँपालिकामा जनक खड्का निर्विरोध चुनिएका छन् ।

दोरम्बा गाउँपालिकामा निर्वाचनमार्फत केशवकुमार लामा, उमाकुण्डमा हिक्मत सुनुवार, गोकुलगंगामा मणि लामा, लिखु तामाकोसीमा सुन्दर खड्का र रामेछाप नगरपालिकामा कमलविक्रम कार्की निर्वाचित भएका छन् । उक्त पालिकामा पदाधिकारीमा समेत निर्वाचन भएको थियो ।

प्रकाशित : आश्विन १०, २०७८ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?