कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अपहरण गरेको आरोपमा चारजना पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले आइतबार अपहरण गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । हेटौंडा– ११ थानाभर्‍याङ ४० वर्षीय जितेन्द्र विश्वकर्मालाई अपहरण गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको हो । 

अपहरण गरेको आरोपमा चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार पक्राउ पर्नेहरूमा हेटौंडा–१० बस्ने ३९ वर्षीय विनोदलाल श्रेष्ठ, ३० वर्षीय अनिल लामा, हेटौंडा–५ बस्ने ३२ वर्षीय बुद्ध लामा र हेटौंडा– २ बस्ने २७ वर्षीय आदेश लामा छन् । उनीहरूलाई प्रहरीले हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको हाताभित्रबाट पक्राउ गरेको हो ।

विश्वकर्मा हेटौंडा–१०, वासुदेवमार्गमा सुनचााँदी पसल सञ्चालक गर्छन् ।

प्रहरीले पक्राउ परेकाहरुको थप अनुसन्धानका गर्न जिल्ला अदालतबाट १५ दिनको म्याद समेत थप गरिसकेको छ । ‘पक्राउ परेकाहरु लागूऔषध दुर्व्यसनीविरुद्ध काम गरिरहेका युवाहरु हुन् । प्रहरी, परिवार र आफ्न्त कसैलाई पनि जानकारी नगरी उहाँलाई गुण्डागर्दी शैलीमा उठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ, ’ डीएसपी रिमालले भने ।

प्रकाशित : आश्विन १०, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?