काभ्रेका अधिकांश स्थानीय तहमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

नगेन्द्र अधिकारी

काठमाडौँ — काभ्रेका १३ स्थानीय तहमध्ये १२ स्थानीय तहमा कांग्रेस नेतृत्व चयनको प्रक्रिया टुंगिएको छ । कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत शनिबार भएका अधिवेशनमध्ये ७ स्थानीय तहमा सर्वसम्मत भयो भने ५ वटामा निर्वाचनबाट नेतृत्व टुंगो लागेको छ ।

बनेपा नगरपालिकामा १ मतको अन्तरले निवर्तमान कार्यसमितिका सचिव महेशकुमार कर्माचार्य सभापतिमा विजयी भएका छन् । कर्माचार्यले १ सय ३० मत पाउँदा अर्का प्रत्यासी शान्तिरत्न शाक्यले १ सय २९ मत पाएका थिए ।

धुलिखेलमा बिदुरबहादुर बस्नेत निर्वाचित भए । मण्डनदेउपुर नगरपालिकामा कश्यप पौडेल, बेथानचोक गाउँपालिकामा प्रेमबहादुर तिमल्सिना र तेमालमा ज्ञानबहादुर तामाङ निर्वाचित भएका छन् ।

यसअघि नमोबुद्ध नगरपालिकामा कुन्साङ लामा, पनौतीमा रामशरण भण्डारी, पाँचखालमा सञ्जय तामाङ, रोशी गाउँपालिकामा दुधराज तामाङ, भुम्लुमा दावा लामा, चौरीदेउरालीमा शेरबहादुर तामाङ, खानीखोलामा दोर्जेमान जिम्बा निर्विरोध भइसकेका छन् । महाभारत गाउँपालिकामा भने नेतृत्व चयनको प्रक्रिया जारी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?