२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

रामेछापमा कांग्रेस कार्यकर्ता सवार जिप दुर्घटना, ५ जना घाइते 

टीकाप्रसाद भट्ट

रामेछाप — सुनापति गाउँपालिकामा शनिबार साँझ कांग्रेस कार्यकर्ता सवार जिप दुर्घटना भएको छ । दुर्घटनामा कांग्रेस रामेछापका उपसभापति जितेन्द्र मोक्तानलगायत ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । 

रामेछापमा कांग्रेस कार्यकर्ता सवार जिप दुर्घटना, ५ जना घाइते 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार प्रदेश ३–०१–०२४ च १४४० नम्बरको बलेरो जिप सुनापति ४ बेथानको पानीघाट नजिक भिरबाट खसेको थियो ।

जिपमा सवार ५ जनामध्ये मोक्तान र शारदा खत्रीको अवस्था गम्भीर छ । अन्य यात्रु सामान्य घाइते भएका छन् ।

घाइतेहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ । कांग्रेसको आइतबार हुने पालिकास्तरको अधिवेशनमा भाग उनीहरु हिलेदेवीतर्फ जाँदै थिए ।


प्रकाशित : आश्विन ९, २०७८ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?