रामेछाप — रामेछापमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी कार्यालय स्थापना भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द न्यौपानेले शनिबार कार्यालय उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले नेकपा एमालेले वैचारिक बाटो त्यागेकोले कम्युनिस्ट आदर्श र मूल्य मान्यतालाई बचाइराख्न एकीकृत समाजवादी अग्रसर भएको वताए । उनले ओली नेतृत्वको एमालेले कम्युनिस्टको निष्ठा, आदर्श र सिद्धान्तमा प्रहार गरेको आरोप लगाए ।