फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काठमाडौँ — जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरिएको छ । 

सिन्धुपाल्चोक मानेस्वारा घर भई भक्तपुर सल्लाघारी बस्ने ३८ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार प्रतिवादी १० वर्षपछि पक्राउ

जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ५ को फैसलाले ९ वर्ष कैद र पीडितले प्रतिवादीबाट नगद १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने आदेश दिएको थियो । तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोले सल्लाघारीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार तामाङले २०६८ कार्तिक २० मा १५ वर्षीया किशोरीलाई राम्रो काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर दोलालघाटबाट लिएर आई कोटेश्वरस्थित शुभलक्ष्मी गेष्ट हाउसको ३०६ नम्बर कोठामा जबरजस्ती करणी गरेका थिए । बुधबार पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाईएको ब्युरोले जनाएको छ ।

त्यसैगरी, महानगरीय प्रहरी वृत्त थिमिले जबरजस्ती करणीका फरार कसुरदार सिन्धुली सुनकोशी–४ का २५ वर्षीय मिठाराम धिमाललाई पनि पक्राउ गरेको छ । धिमालले गत साउन १५ मा मध्यपुर थिमि–४ स्थित सिजन गेष्ट हाउसमा लगेर १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

प्रकाशित : आश्विन ७, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?