कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

१७५ केजी गाँजा र ट्रकसहित दुईजना पक्राउ

सुवास विडारी

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले एकसय ७५ केजी गाँजा र ट्रकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ट्रक चालक मकवानपुरको भीमफेदी गाउँपालिका–९ का ३१ वर्षीय मोहन स्याङ्तान र थाहा नगरपालिका–३ का २४ वर्षीय प्रशान्त कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

१७५ केजी गाँजा र ट्रकसहित दुईजना पक्राउ

विशेष सूचनाका आधारमा मकवानपुर प्रहरी प्रमुख उपरीक्षक सोमेन्द्रसिं राठौरको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौंडा–११, थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्ग नजिकै ग्यारेजमा मर्मत गरिरहेको अवस्थामा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

मकवानपुरको पालुङबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको ना.३ ख ५९५० नम्बरको ट्रक बिग्रेर उक्त स्थानमा मर्मत भइरहेको थियो । प्रहरीले ट्रकलाई जाँच गर्दा फल्स बटम बनाइ लुकाएर ल्याएको गाँजा फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरपीक्षक राठौरले जानकारी दिए ।

प्रकाशित : आश्विन ७, २०७८ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?