१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मकवानपुरगढीको लामीडाँडा र डुम्रेकुना जोड्ने पुल निर्माण सुरु

हेटौंडा — मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १४ करोड रुपैयाँको लागतमा १ सय २० मिटर लामो पक्की पुलको निर्माण कार्य सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका–२ लामीडाँडा र वडा नम्बर–६ डुम्रेकुना जोड्ने पुल निर्माणको काम सुरु भएको हो ।

मकवानपुरगढीको लामीडाँडा र डुम्रेकुना जोड्ने पुल निर्माण सुरु

पुलको अभावमा वर्षायाम र हिउँदमासमेत सवारीसाधन ओहोरदोहोर गर्नका लागि वर्षौंदेखि समस्या रहेको थियो । जसले गर्दा कृषिजन्य वस्तुहरू बजारमा ल्याउन कठिनाइ भएको थियो । ‘पुल निर्माणपछि यस क्षेत्रका बासिन्दाले आउजाउ गर्न र कृषिजन्य वस्तुहरू बजार पुर्‍याउन समस्या नहुने गापा अध्यक्ष विदुर हुमागाईँले बताए ।

संघीय सरकारको लगानीमा ठेक्कामार्फत पुल निर्माण सुरु भएको हो । पुल निर्माणले उक्त गापाको समग्र विकासमा कोसेढुंगा सावित हुने दाबी अध्यक्ष हुमागाईंले गरे । डुम्रेकुनामा गापाले अस्पताल पनि निर्माण गरिरहेको छ । दुई वर्षभित्रमा पुल निर्माण गर्ने सम्झौता भए पनि सकेसम्म छिटो सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?