३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

रामेछापमा पहिरोले ३ घर पुरिए

टीकाप्रसाद भट्ट

रामेछाप — अविरल वर्षापछि आएको पहिरोले रामेछाप नगरपालिका १ गोठगाउँमा मंगलबार राति ३ वटा घर पुरिएका छन् । स्थानीय भिमप्रसाद सापकोटा, विष्णुप्रसाद सापकोटा र दधिराम सापकोटाको घर पुरिएका हुन् । 

रामेछापमा पहिरोले ३ घर पुरिए

गोठगाउँ १ को बाहुनटोल रहेका उक्त घरभन्दा माथिबाट पहिरो झरेको थियो । पहिरोले घर र घरभित्र रहेका सम्पूर्ण सामान नष्ट भएका छन् ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले घटनामा मानवीय क्षति नभएको बताए ।

रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काले बुधबार पहिरोले क्षतिग्रस्त क्षेत्रको अवलोकन तथा प्राथमिक तहको राहत वितरण गरेकी छन् । रामेछाप नगरपालिकाले थप पहिरोबाट बस्ती जोगाउन पानी तर्काउने कार्य थालेको छ ।

स्थानीय दीपक सापकोटाका अनुसार पीडितहरु छिमेकीको शरण लिएर बसेका छन् ।

प्रकाशित : आश्विन ६, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?