कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सालकको खपटासहित एक पक्राउ

राजकुमार कार्की

सिन्धुली — प्रहरीले सालकको खपटासहित एकजनालाई सोमबार नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ खट्टारका ३० वर्षीय मदनसिङ बम्जन दुई वटा सालकका खपटासहित प्रहरीले पक्राउ गरेको हो ।

सालकको खपटासहित एक पक्राउ

बीपी राजमार्ग अन्तर्गत पिपलभन्ज्याङ नजिक हिँडिरहेका बम्जनको साथबाट सालकको शरीरको पुरै भाग भएको २ फिट ५ इन्च र १ फिट ९ इन्चको दुईवटा खपटा प्रहरीले बरामद गरेको हो ।

अवैध कारोबारका लागि काठमाडौंतर्फ लैजान राजमार्गमा गाडी चढ्न आएको बेला बम्जनलाई नियन्त्रणमा लिइएको डीएसपी मनोजकुमार लामाले जानकारी दिए । बम्जनलाई खपेटासहित आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित : आश्विन ४, २०७८ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?