कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

उपत्यकाको प्रहरीलाई पनि प्रदेश मातहत दिनुस् : मन्त्री शाक्य

काठमाडौँ — वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अजयक्रान्ति शाक्यले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीको इकाइहरुलाई पनि वाग्मती प्रदेश प्रहरीको मातहतमा राख्न केन्द्र सरकारसँग आग्रह गरेका छन् ।

उपत्यकाको प्रहरीलाई पनि प्रदेश मातहत दिनुस् : मन्त्री शाक्य

‘वाग्मती प्रदेशमा १३ जिल्ला छन् । तीमध्ये १० वटा मात्रै वाग्मती प्रदेश प्रहरीको मातहतमा रहेका छन् । म आग्रह गर्न चाहन्छु, बाँकी जिल्लाको प्रहरीलाई पनि वाग्मती प्रहरी मातहतमा राखियोस्,’ मन्त्री शाक्यले भने । काठमाडौं क्षेत्र नं. ९ (क)बाट निर्वाचित मन्त्री शाक्यलाई काठमाडौं–१२, २१ र २२ ले लगनटोलमा गरेको संयुक्त बधाई ज्ञापन कार्यक्रममा सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री शाक्यले आफूले दैनिक बाह्र घण्टासम्म खटेर काम गरिरहेको समेत बताएका थिए । उनले चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा योजना एक महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य लिएर काम गरिरहेको बताए । ‘माननीय अष्टलक्ष्मी शाक्यज्यूको नेतृत्वको यो सरकारले निरन्तरता पायो भने एक महिनामा ती सबै योजनाको टुंगो लगाएर अरु थप पचासवटा योजनासहित त्यसका लागि बजेट बनाएर अघि बढ्छु,’ उनले भने, ‘वर्तमान सरकारले निरन्तरता पाएन भने आउने मन्त्रीका लागि यो आर्थिक वर्षका लागि गर्नुपर्ने काम बाँकी रहने छैनन् । उहाँहरु मन्त्रीको कुर्सीमा बसे मात्रै हुन्छ ।’


मन्त्री शाक्यले आन्तरिक मामिला मन्त्रीको हैसियतमा आफूले जिम्मेवारी सम्हाल्ने वित्तिकै प्रदेशको शान्ति–सुरक्षाका सन्दर्भमा विशेष चासो राख्दै कार्यक्रमहरु अघि बढाएको बताए । मन्त्री शाक्यले वाग्मती प्रदेशले १०२ वटा कानुन निर्माण गरिसकेको समेत जानकारी दिए ।


प्रकाशित : आश्विन ३, २०७८ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?