वृद्धको हत्या आरोपमा दुई जना पक्राउ

राजकुमार कार्की

सिन्धुली — मागेर गुजारा गर्दै आएका कमलामाई नगरपालिका–२ का ८३ वर्षीय वृद्ध लालबहादुर लामाको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वृद्धको हत्या आरोपमा दुई जना पक्राउ

सदरमुकामको लोकतान्त्रिक चोक नजिक प्रतिक्षालयमा लामा बुधबार मृत अवस्थामा फेला परेका थिए ।

मृतकका भाइ रामबहादुर लामाको जाहेरीका आधारमा उनको हत्या गरेको आरोपमा भारतको उत्तरप्रदेश घर भएका मागी खाइ हिँड्ने ३५ वर्षीय अशोककुमार जैसवाल र कृष्णलाई बिहीबार पक्राउ गरिएको सिन्धुली प्रहरीका डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।

मृतक लामाको टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ३१, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?