देश र जनतालाई एकताको सुत्रमा बाँध्‍न राजसंस्था अपरिहार्य : लोहनी

कृष्ण थापा

नुवाकोट — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले देश र जनतालाई एकताको सुत्रमा बाँध्न राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

देश र जनतालाई एकताको सुत्रमा बाँध्‍न राजसंस्था अपरिहार्य : लोहनी

सदरमुकाम विदुरमा बुधबार आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको बताए । उनले भने, ‘प्रजातन्त्र सुढृद हुन राजा र जनताको एकतामा नै देश बलियो हुने हो ।’ अध्यक्ष लोहनीले अहिलेका राष्ट्रपति नेपालको राष्ट्रपति हुन नसकेर एउटा गुटको मात्रै राष्ट्रपति भएको आरोप लगाए ।

विभिन्‍न दल परित्याग गरी राप्रपामा आएका एकदर्जन भन्दा बढीलाई अध्यक्ष लोहनीले स्वागत गरे । राप्रपा एक भएपछि जिल्लामा पहिलोपटक जिल्ला अधिवेशन भएको हो ।

अधिवेशनले राप्रपा नुवाकोटले नयाँ नेतृत्व चयन गर्ने छ । त्यसका लागि सर्वसम्मत गराउने प्रयास जारी रहेको राप्रपा जिल्ला सचिव दिपेश पाण्डेले बताए ।

प्रकाशित : भाद्र ३०, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?