कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाग्दी खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

रमेशकुमार पौडेल

चितवन — पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलामा पहिरो खस्दा बुधबार बिहानदेखि काठमाडौं आउजाउ ठप्प भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी सूर्यबहादुर थापाले राति दुई बजेतिर पहिरो गएर सडक थुनिएको जानकारी दिए । 

नाग्दी खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

उक्त पहिरो मुग्लिनदेखि दुई किलोमिटर पर खसेको हो । बिहान ५ बजेदेखि पहिरो पन्छाउन थालिएको छ । पहिरो खसेपछि दुवैतर्फका गाडी रोकिएको डीएसपी थापाले बताए । ‘आठ–नौ बजेभित्रै दोहोरै गाडी चलाउन मिल्ने गरी बाटो सफा गर्न सुरु गरेका छौं,’ उनले भने ।

प्रकाशित : भाद्र ३०, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?