१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

नेकपा (एस) वाग्मती संसदीय दलका पदाधिकारी चयन

सुवास विडारी

मकवानपुर — नेकपा (एकीकृत समाजवादी) ले वाग्मती प्रदेश संसदीय दलको पदाधिकारी टुंग्याएको छ । संसदीय दलको सोमबार हेटौंडामा बसेको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देललाई चयन गरेको हो ।

नेकपा (एस) वाग्मती संसदीय दलका पदाधिकारी चयन

दलका नेता राजेन्द्र पाण्डेको अध्यक्षतमा बसेको बैठकले उपनेतामा कृष्ण खनाल र सचेतक बसुन्धरा हुुमागाईलाईं चयन गरेको छ । बैठकले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा रहेको वाग्मती प्रदेश सरकार अल्पमतमा परेकाले गठबन्धन सरकार बनाउने निर्णय गरेको सचेतक बसुन्धरा हुमागाईंले जानकारी दिए । ‘गठबन्धनमा रहेका दलहरु कांग्रेस र माओवादी केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी दलको नेता राजेन्द्र पाण्डेलाई दिइएको छ’, सचेतक हुमागाईंले भने ।

बैठकले गठबन्धन सरकार बन्ने निश्चित भएको भन्दै साझा न्यूनतम कार्यक्रम मस्यौदा गर्न माधव पौडेल, बसन्त मानन्धर, मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिएको छ । नेकपा एमाले छाडेर १३ जना सांसदले नेकपा (एस) रोजेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

वाग्मतीमा सरकार निर्माणका लागि ५५ मत आवश्यक छ । माओवादीको २३, कांग्रेस २२ र नेकपा (एस) को १३ मतसहित कुल ५८ मत रहेको छ । स्वतन्त्र सांसद प्रेम तामाङको साथ पनि गठबन्धनलाई रहेको छ । उनी जसपा निकट हुन् । एमालेको ४६ सांसद रहेको छ । साना दलको सहयोगमा पनि एमालेको सरकरा टिक्ने अवस्था छैन ।

प्रकाशित : भाद्र २८, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?