कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिरामी लिन गएको जिप दुर्घटना हुँदा एकको मृत्यु, चालक घाइते

कृष्ण थापा

नुवाकोट — उपचारका लागि बिरामी लिन जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका–३ झगडे मस्यरी सडक खण्डमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा जिप चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा वडा–३ रावतबेसीस्थित पुरानो गाउँका स्थानीय मानबहादुर तामाङ रहेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङले बताए । प्रदेश ३०१०२२ च ५०७१ नम्बरको जिप सडकबाट तल झरेर दुर्घटना परेको उनले जानकारी दिए । जिप गाउँखर्कमा बिरामी लिन जाँदै गरेको थियो ।

प्रकाशित : भाद्र २४, २०७८ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?