कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नुवाकोटमा दुई वडाध्यक्षसहित १० जनाले रोजे नेकपा (एस)

कृष्ण थापा

नुवाकोट — जिल्लामा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्ने जनप्रतिनिधि १० जना रहेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ । ती जनप्रतिनिधिहरु शिवपुरी, लिखु र ककनी गाउँपालिकाका छन् । त्यसमध्ये शिवपुरी ५ र ८ का वडाध्यक्ष छन् ।

निर्वाचन कार्यालयका अनुसार शिवपुरीका महिला र दलित सदस्यले नेकपा (एस) रोजेका छन् । ककनी गाउँपालिका १ का वडा सदस्य र लिखु गाउँपालिका ३ का महिला सदस्य छन् । ककनी गाउँपालिका ४ र ५ वडाका दलित महिला सदस्यले सनाखत गरे पनि पुन: निवेदन फिर्ता लिन तयारी रहेको बताइएको छ । उनीहरुको पुनः एमालेमा फर्किन चाहेकाले उनीहरुको निवेदन खामबन्दी गरेर निर्वाचन आयोग पठाइएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।

एमाले विभाजनपछि निर्वाचन आयोगले दल रोज्न मंगलबारसम्म समयसीमा तोकेको थियो । नुवाकोटमा १२ वटा स्थानीय तह छन् । दुई नगरपालिकासहित अधिकांश वडाहरु, तारकेश्वर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, लिखु गाउँपालिकामा उपाध्यक्ष एमालेको वर्चश्व छ ।

प्रकाशित : भाद्र २३, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?