रसुवामा नेकपा (एस) को पक्षमा सनाखत गर्ने जनप्रतिनिधि शून्य- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रसुवामा नेकपा (एस) को पक्षमा सनाखत गर्ने जनप्रतिनिधि शून्य

बलराम घिमिरे

रसुवा — रसुवाबाट नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गर्ने जनप्रतिनिधि शून्य रहेको छ । एमाले विभाजन भएपछि निर्वाचन आयोगले दल रोज्न दिएको मंगलबार अन्तिम दिन हो । आज ५ बजेसम्म सनाखतका लागि कुनै पनि जनप्रतिनिधि नआएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रसुवामा ५ वटा स्थानीय तह रहेको छ । एमालेले दुई वटा गाउँपालिका अध्यक्ष र पाँच वटामा उपाध्यक्ष पदमा विजयी हासिल गरेको थियो । त्यस्तै २७ वटा वडामध्ये एमालेले १२ वडाअध्यक्ष जितेको थियो । जिल्ला समन्वय समिति भने सेट नै जितेको थियो ।

प्रकाशित : भाद्र २२, २०७८ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्

असोज १ देखि सहुलियत पसल

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चाडबाडलाई लक्ष्य गरी असोज १ देखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईको संयोजकत्वमा मंगलबार बसेको केन्द्रीय अनुगमन समिति बैठकले यस्तो निर्णय गरेको हो ।

‘वाणिज्य सचिवको संयोजकत्वमा गृह, कृषि, भूमि मन्त्रालय, वाणिज्य विभाग, गुणस्तर तथा नापतौल, खाद्य प्रविधि, खाद्य कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थानका अधिकारीहरू सहभागी बैठकले असोज १ देखि सहुलियत पसल सुरु गर्ने निर्णय गरेको छ,’ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले भने, ‘संस्थानहरूले बजेटअनुसार खाद्यमा छुट दिने र अनुगमनकारी निकायले बजार अनुगमन प्रभावकारी बनााउने निर्णय भएको छ ।’

सहुलियत पसलबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले छुट दिनेछन् । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेललगायतको आपूर्ति व्यवस्था चुस्त बनाउने जनाएको छ । वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमन सघन रूपमा गर्ने निर्णय भएको हो ।

चाडपर्व लक्षित सरकारी निकायले विभिन्न आउटलेट राखेर छुट दिने जनाएको छ । सहुलियत पसलमा साल्ट ट्रेडिङले नुन, चिनी, गेडागुडीलगायत बिक्री गर्ने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, दाल, गेडागुडी र खसी, बोका उपलब्ध गराउनेछ । दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध पदार्थ सहुलियत दरमा उपलब्ध गराउने जनाएको छ । सहुलियत पसल छठसम्म चल्नेछन् ।

प्रकाशित : भाद्र २२, २०७८ २२:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×