कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बिहान नेकपा (एस), बेलुका एमाले !

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको फिककल गाउँ कार्यपालिकाका सदस्य खड्ग वसुले मंगलबार निर्वाचन कार्यालय खुल्नासाथ दसी प्रमाण पेस गरेर नेकपा (एकीकृत समाजवादी) रोजे । दिनभरजसो हराएका वसु निवेदन हातमा लिएर करिब दिउँसो ४ बजे निर्वाचन अधिकृतसामु आएर, 'म त एमालेमै बस्नुपर्ने भयो, बिहान गरेको सनाखत फिर्ता गरिदिनु पर्‍यो' भनेर अनुनय गरे ।

बिहान नेकपा (एस), बेलुका एमाले !

एमालेबाट कार्यपालिका सदस्य बनेका वसुले नेकपा (एस) रोजेर सनाखत गरेका थिए । निर्वाचन अधिकृत खिलबहादुर दर्लामीले निवेदनसहित आयोगमा पठाइदिने बताएपछि उनी फर्किएका थिए ।

आफूले दबाबका कारण सनाखत फिर्ताका लागि निवेदन दिएको वसुले कान्तिपुलाई बताए । सिन्धुलीमा कार्यपालिकाका दुई सदस्यले नेकपा (एस) रोजेका छन् । वसुको सनाखत फिर्ता भएर एमालेमै रहेमा कमलामाइ नगरपालिका ८ का वडा सदस्य विष्णु बुर्जामगर एक्ला हुनेछन् ।

निर्वाचन अधिकृत दर्लामीका अनुसार नेकपा (एस) रोजेर सनाखत गरेका फिक्कल गाउँकार्यपालिका सदस्य वसुले कार्यालय खुल्नासाथ नेकपा (एस) रोजेर सनाखत गरेका थिए । कार्यालय समय सकिनै लाग्दै एमालेमै रहने भन्दै फेरि निवेदन दिएका छन् । दल रोजेर गरेको सनाखत र पुरानै दलमा रहेको निवेदन संलग्न गरी आयोगमा पठाइने अधिकृत दर्लामीले बताए ।

सिन्धुलीका ९ स्थानीय तहमध्ये तीन वटामा एमालेको प्रमुख–उपप्रमुखसहित रहेका छन् । एक स्थानीय तहमा उपाध्यक्ष र जिसस प्रमुखसमेत एमालेकै छन् । कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीसहित केही वडाध्यक्षहरु केही दिन अघिसम्म नेकपा ( एस)का कार्यक्रमहरु भाग लिने गरेकोमा अन्तिम समयमा आएर एमालेमै बसेका छन् ।


प्रकाशित : भाद्र २२, २०७८ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?