कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

सिन्धुलीमा दुई जनाको शव फेला

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिका–१३ को ठाकुरखोलाले बगाएर मृत्यु भएका पुरुषको शव सोमबार फेला परेको छ । बजारबाट घर फिर्दै गरेका वडा नं १३ छिमिटारका ५५ वर्षीय हर्कबहादुर मगरलाई बाढी आएको ठाकुरखोला पार गर्ने क्रममा आइतबार बेलुका बगाएर बेपत्ता बनाएको थियो ।

वडाध्यक्ष मिलन सुनुवारकाअनुसार खोलाले बगाएर बेपत्ता भएका मगरको शव अन्दाजी तीन सय मिटर तल फेला परेको हो ।

त्यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिका–२ मझुवाबगर सुनकोसी किनारमा अन्दाजी ५० वर्षको पुरुषको शव सोमबार फेला परेको छ । प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।

प्रकाशित : भाद्र २१, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?