कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा पतिको हत्याका फरार आरोपी १४ महिनापछि पक्राउ

राजकुमार कार्की

सिन्धुली — श्रीमान्‌को हत्या आरोपी फरार अभियुक्तलाई प्रहरीले १४ महिनापछि पक्राउ गरेको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ सिरुटार आहालडाँडाकी ४५ वर्षीया सुन्दरी मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनलाई बिहीबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ । मोक्तानमाथि श्रीमान् छविलाल लोप्चनको कर्तव्य गरी हत्या गरेको आरोप छ ।

मृतकका दाइ मानबहादुरले दुई वर्षअघि बुहारी सुन्दरीले कर्तव्य गरी मारेको भन्दै किटानी जाहेरी दिएका थिए ।

सिन्धुली प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार किटानी जाहेरी परेपछि जिल्ला अदालत सिन्धुलीबाट गत वर्ष असार १४ गते पक्राउ आदेश भएकोमा मोक्तान फरार भएकी थिइन् । उनी सर्लाहीको वाग्मती नगरपालिका ३ नयाँबस्तीमा हिँडिरहेको अवस्थामा बुधबार पक्राउ परेकी हुन् । प्रहरीका अनुसार मृतकका छोरा सुमनले पनि ०७५ साउन १८ गते बलेसीमा लडेर बुबाको मृत्यु भएको भन्दै भवितव्य मुद्दामा जाहेरी दिएका थिए ।

प्रकाशित : भाद्र १७, २०७८ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?