१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चार दिनपछि मध्येपहाडी लोकमार्गमा यातायात सञ्चालन

राजकुमार कार्की

सिन्धुली — पहिरोले चारदिन अघिदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग आइतबार दिउँसोबाट एकतर्फी खुलेको छ । अक्करे भीरमा खसेको पहिरो पन्छाउन नसक्दा बिहीबारदेखि मध्येपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध थियो ।

चार दिनपछि मध्येपहाडी लोकमार्गमा यातायात सञ्चालन

गोलन्जोर गाउँपालिका–६ हैबार नजिक अक्करे भीरमा खसेको पहिरो पन्छाएर यातायात सुचारु गर्न खुर्कोट र हैवारतर्फबाट डोजर, स्काभेटर प्रयोग गरिएको थियो । प्रहरीका अनुसार मुस्किलले एकतर्फी यातायात संचालनमा आएको छ, पहिरो झर्ने क्रम भने रोकिएको छैन् ।

पहिरो झर्ने क्रम नरोकिएकाले जुनसुकै बेला यातायात अवरुद्ध हुनसक्ने यातायात प्रनाउ मनोजकुमार लामाले बताए । अक्करे भीरमा करिब तीनसय मिटर क्षेत्रमा पहिरो खसेको छ । पहिरो पन्छाएर शनिबार साँझ खुल्नै लाग्दा पु:न पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

मध्यपहाडीको खुर्कोट–घुर्मी खण्डमा सडक अवरुद्ध हुँदा पूर्वीपहाडी जिल्लाहरु उदयपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुबाट संघीय राजधानी काठमाडौं आवतजावत गर्ने यातायातका साधनहरु बीचबाटोमा नै अलपत्र परेका थिए । चारदिन पछि यात्रुहरुले राहतको सास फेरेको हैवारका स्थानीय सुमन कोइरालाले बताए ।

प्रकाशित : भाद्र १३, २०७८ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?