कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोले रामेछापको सामुदायिक आँखा केन्द्र पुरियो

टीकाप्रसाद भट्ट

रामेछाप — अविरल वर्षापछिको पहिरोले तिलगंगा आँखा केन्द्र मार्फत रामेछापको मन्थलीमा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रमा क्षति पुगेको छ ।

पहिरोले रामेछापको सामुदायिक आँखा केन्द्र पुरियो

पहिरोले भवन थिचेपछि आइतबार आँखा परीक्षण तथा उपचार सेवा प्रभावित भएको छ । केन्द्रका सबै सामाग्री सुरक्षित स्थानमा सारिएको केन्द्रका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताए ।

घिमिरेका अनुसार पहिरोले केन्द्र सञ्चालनमा रहेको भवन र शौचालयमा जान सक्ने अवस्था छैन । पहिरो झर्ने क्रम जारी रहेकोले थप क्षति हुने त्रास रहेको घिमिरेले बताए । घिमिरेका अनुसार करिब ५० लाख बराबरको भवन काम नलाग्ने अवस्थामा पुगेको छ ।

तिलगंगा आँखा केन्द्रले तामाकोसी अस्पतालको सहकार्यमा उक्त सामुदायिक केन्द्र सञ्चालनमा ल्याएको हो ।

प्रकाशित : भाद्र १३, २०७८ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?