कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले त्रिभुवन राजपथ ठप्प

हरिहरसिंह राठौर

धादिङ — अविरल वर्षातका कारण त्रिभुवन राजपथस्थित नौबिसे चिसापानीमा पहिरो गएपछि राजमार्ग ठप्प भएको छ । बिहान सवा ८ बजे पहिरो गएपछि सवारी साधनहरु राजमार्गमै रोकिएका छन् ।

पहिरोले त्रिभुवन राजपथ ठप्प

बिहीबारदेखि नवलपरासी र मुग्लिन रोकिएर सास्ती खेपेका हजारौं यात्रुहरुलाई आइतबार बिहान राजधानी पुग्ने समयमा उक्त पहिरोले फेरि रोकिदिएको छ ।

सवारी चापले उपकरण ल्याएर पहिरो हटाउन समस्या भइरहेको छ । खानीखोलास्थित प्रहरी निरीक्षक दुर्गा थापाले नागढुंगा र खानीखोलामा रहेका उपकरणहरु पहिरो हटाउनका लागि आउँदै गरेको जानकारी दिइन् ।

सडकले धान्ने मापदण्ड विपरीत भार बोकेका अत्यधिक ढुवानी साधनहरु गुड्न थालेपछि राजमार्ग कमजोर हुँदै गएको प्रहरी निरिक्षक थापाले बताइन् ।

प्रकाशित : भाद्र १३, २०७८ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?