२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बस दुर्घटनमा चालकको मृत्यु

दर्जन बढी घाइते
सुवास विडारी

मकवानपुर — मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर नजिकै ओरालोमा बस दुर्घटना हुँदा बिहीबार एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमागअन्तर्गत चुरिया ओरालोमा काठमाडौंबाट रौतहटको बंकुलतर्फ जाँदै गरेको ना६ ख ४६४१ नम्बरको बस ब्रेक फेल भई सोही दिशामा गइरहेको वाग्मती प्रदेश ०३–००१ प ४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई पल्टिएको थियो ।

दुर्घटनामा बस चालक हेटौंडा–८ कमानेका ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको छ । उनको उपचारका लागि हेटौंडा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक दिनेशराज खरेलले जानकारी दिए । दुर्घटनामा १८ जना घाइते भएको र उनीहरुको हेटौंडाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको खरेलले बताए ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक हेटौंडा चौकीटोलका ३५ वर्षीय इन्द्रबहादुर कार्कीको हेटौंडा सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसमा २५ जना सवार थिए ।

प्रकाशित : भाद्र ३, २०७८ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?