१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पहिरोले नुवाकोट र रसुवामा गरी तीनको मृत्यु, दुई जना बेपत्ता

कृष्ण थापा

नुवाकोट — पहिरोले रसुवा र नुवाकोटमा गरी बिहीबार तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । रसुवाको नौकुण्डगाउँपालिका–५ कोलडाँडामा दुई तथा नुवाकोटको बेलकोट नगरपालिका–५ लामाचौरमा एक जनाको ज्यान गएको हो ।

पहिरोले नुवाकोट र रसुवामा गरी तीनको मृत्यु, दुई जना बेपत्ता

नौकुण्ड गाउँपालिकामा पहिरोले घर पुर्दा ३२ वर्षीया कमला तामाङ र उनकी कान्छी छोरी ८ वर्षीया सुकमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । एक छोरा र एक छोरी बेपत्ता छन् । घरमा सुतिरहेकै बेला उनीहरूलाई पहिरोले छोपेको थियो ।

पहिरोमा घरमूली श्यामबहादुर ग्लान घाइते छन् । उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । बेपत्ताको खोजी गर्न स्थानीय, प्रहरी र सेनाको टोली खटिएको छ । पहिरो गएको स्थान सदरमुकाम धुन्चेबाट ४० किमि दक्षिणपूर्वमा पर्छ ।

त्यस्तै बेलकोटगढी नगरपालिका–५ लामाचौरमा पहिरो जाँदा ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको छ ।

घरको करेसामा बिहीबार राति भल तर्काउने क्रममा पहिरोले पुरिएको उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका एसपी तुलबहादुर कार्कीले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ३, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?