३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

श्रीमतीको हत्यापछि आत्महत्या

हरिहरसिंह राठौर

धादिङ — जिल्लाको दक्षिणी भेगको बेनीघाट ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन् । बेनिघाट रोराङ–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् ।

खेतमा काम गर्न जाँदै गरेकी भीममायालाई उनले कोदालो र हँसिया प्रहार गरी हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै मद्यपान गरेका थिए । खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन् ।

घटनाको विस्तृत अनुसन्धान जारी रहेको भन्दै प्रहरी उपरीक्षक खड्काले दुवै शव परीक्षणका लागि प्राथमिक स्वास्थ्यचौकी गजुरी पुर्‍याइएको बताए ।


प्रकाशित : श्रावण १९, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?