कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मकवानपुरमा एकैदिन ४ सय ३२ जनामा कोरोना संक्रमण

सुवास विडारी

मकवानपुर — मकवानपुरमा एकैदिन ४ सय ३२ जनामा कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पीसीआर र १ हजार १५ जनाको एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मकवानपुरमा एकैदिन ४ सय ३२ जनामा कोरोना संक्रमण

संक्रमण पुष्टि भएकामा सबैभन्दा बढी भीमफेदी गाउँपालिकाभित्रका छन् । भीमफेदीस्थित क्षेत्रीय कारागारभित्रका ३ सय ५५ जना कैदीबन्दीसहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाभित्र बसोबास गर्दै आएका ५७ जना, मनहरी गाउँपालिका ६ जना, मकवानपुरगढीका ३ जना, बकैया गाउँपालिकाका २ जना, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाको १/१ जनामा संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए । मकवानपुरमा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।


प्रकाशित : श्रावण १५, २०७८ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?