विदुरमा पासाङल्हामु राजमार्ग भासिएपछि यातायात अवरुद्ध- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदुरमा पासाङल्हामु राजमार्ग भासिएपछि यातायात अवरुद्ध

कृष्ण थापा

काठमाडौँ — नुवाकोट– अविरल वर्षापछि विदुरमा पासाङल्हामु राजमार्ग सवारी चलाउनै नमिल्ने गरी भासिएको छ । विदुर नगरपालिकाको वडा नं २ र ४ बीचको मैथली ब्यारेक खोल्सामा सडक भासिएको हो । 


सडक भासिएपछि काठमाडौंबाट आएका यातायात बट्टारबजारतर्फ र रसुवा तथा उत्तरी भेगबाट आएका सवारी विदुर बजारतर्फ रोकिएका छन् । अस्थायी रूपमा सडक सञ्चालनमा ल्याई साना सवारी पार गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । ‘सबै जनशक्ति लगाएर छिट्टै सडक सञ्चालनमा ल्याउँछौँ,’ उनले भने ।

सडक १० मिटर भासिएको छ । उक्त सडक गत वर्षदेखि नै जोखिममा परेको स्थानीयले बताएका छन् । सडक डिभिजन र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले माथिल्लो भाग मात्र कालोपत्र गरेर छाड्दा यस्तो अवस्था निम्तिएको उनीहरूको भनाइ छ ।

सडक भासिएको स्थानको मुनिपट्टि कल्भर्टसहितको सानो पुल छ । उक्त पुलमा धेरै ग्याबिन हालेर सडक बनाइएको थियो ।


प्रकाशित : श्रावण १४, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा भेटियो कोरोना 'डेल्टा प्लस' भेरिएन्ट

कृष्ण थापा

नुवाकोट — जिल्लामा कोरोना भाइरसको 'डेल्टा प्लस' भेरिएन्ट देखिएको छ । जिल्ला अस्पताल त्रिशूलीले शुक्रबार विज्ञप्ति निकालेर ४ वटा पीसीआर नमुनाहरु राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएकोमा एउटामा कोरोना डेल्टा प्लस भेरिएन्ट देखिएको जनाएको छ । 

कोरोना डेल्टा भेरिएन्ट ६० देखि सतप्रतिशत बढी संक्रामक हुने र बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहलाई उच्च संक्रमण गर्ने र बढी फोक्सोलाई असर पार्ने विज्ञहरुको दाबी रहेको त्रिशूली अस्पतालले जनाएको छ ।


प्रकाशित : असार २५, २०७८ २०:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×