कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विदुरमा पासाङल्हामु राजमार्ग भासिएपछि यातायात अवरुद्ध

कृष्ण थापा

काठमाडौँ — नुवाकोट– अविरल वर्षापछि विदुरमा पासाङल्हामु राजमार्ग सवारी चलाउनै नमिल्ने गरी भासिएको छ । विदुर नगरपालिकाको वडा नं २ र ४ बीचको मैथली ब्यारेक खोल्सामा सडक भासिएको हो । 

विदुरमा पासाङल्हामु राजमार्ग भासिएपछि यातायात अवरुद्ध

सडक भासिएपछि काठमाडौंबाट आएका यातायात बट्टारबजारतर्फ र रसुवा तथा उत्तरी भेगबाट आएका सवारी विदुर बजारतर्फ रोकिएका छन् । अस्थायी रूपमा सडक सञ्चालनमा ल्याई साना सवारी पार गराउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । ‘सबै जनशक्ति लगाएर छिट्टै सडक सञ्चालनमा ल्याउँछौँ,’ उनले भने ।

सडक १० मिटर भासिएको छ । उक्त सडक गत वर्षदेखि नै जोखिममा परेको स्थानीयले बताएका छन् । सडक डिभिजन र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले माथिल्लो भाग मात्र कालोपत्र गरेर छाड्दा यस्तो अवस्था निम्तिएको उनीहरूको भनाइ छ ।

सडक भासिएको स्थानको मुनिपट्टि कल्भर्टसहितको सानो पुल छ । उक्त पुलमा धेरै ग्याबिन हालेर सडक बनाइएको थियो ।


प्रकाशित : श्रावण १४, २०७८ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?