१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

वाग्मतीमा सवारी साधनको अनलाइन भुक्तानी 

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले सवारी साधनहरुको अनलाइन प्रविधिबाट नवीकरण र राजस्व भुक्तानी सेवा सुरु गरेको छ । यातायात व्यवस्थापन सूचना प्रणालीको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार एक समारोहबीच शुभारम्भ गरेका हुन् । 

वाग्मतीमा सवारी साधनको अनलाइन भुक्तानी 

मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयालको मोटरसाइकलको अनलाइनमार्फत राजस्व तिरेर यातायात व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गरेका थिए । यस सेवालाई सुरुमा कठिनाई भए तापनि पछिका दिनमा सहज हुने बताउँदै मुख्यमन्त्री पौडेलले प्रदेशलाई डिजिटल प्रदेशको रुपमा लैजाने दाबी गरेका थिए ।

सवारी साधनको अनलनाइन प्रणालीबाट भुक्तानी प्रणालीले सेवाग्राहीहरुको समय बचत र यातायात क्षेत्रमा नै सुशासन र पारदर्शिता कायम हुने उनले बताए ।

वाग्मती प्रदेश सरकारले ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७’ जारी गरी कार्यान्वयनमा ल्याएको छ । उक्त ऐनको व्यवस्था अनुसार विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न ‘विद्यूतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह र राजस्व भुक्तानी नियमावली २०७८ समेत प्रदेश सरकारबाट जारी गरी कार्यान्वयनमा ल्याएको छ ।

यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान, सवारी साधन दर्ता, नवीकरण लगायतका कार्यमा सहजता आउनुको साथै राजस्व संकलनमा वृद्धि हुने दाबी गरिएको छ ।

प्रदेश सरकारको मातहतमा रहेका यातायात व्यवस्था कार्यालयसहित ६ वटा सेवा कार्यालयबाट अनलाइन प्रणालीमार्फत सेवा प्रदान गरिने जनाइएको छ ।

वाग्मतीमा नेपालमा दर्ता रहेका सवारी साधनमध्ये ४७ प्रतिशत रहेका छन् । आव २०७७/०७८ मा वाग्मती प्रदेशमा १६ लाख ४३ हजार साधन दर्ता भएका छन् । असार १५ सम्ममा ८ अर्ब ९३ करोड, ९८ लाख, ५० हजार ३९८ राजस्व संकलन गरिएको थियो ।

प्रकाशित : श्रावण ८, २०७८ २२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?