कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा शव भेटिएका व्यक्तिको सनाखत, सेनाको हुद्दा भएको पुष्टि

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका–१७ सिमलडाँडा भन्ने ठाउँमा बिहीबार बिहान मृत भेटिएका व्यक्तिको सनाखान भएको छ । मृत भेटिएका व्यक्ति धादिङ निलकण्ठ नगरपालिका घर भएका नेपाली सेनाका हुद्दा ३६ वर्षका भरत गुरुङ रहेको चितवन प्रहरीका डीएसपी सुर्य थापाले जानकारी दिए ।

प्रहरीलाई बिहान साढे आठ बजेतिर शव फेला परेको जानकारी आएको थियो । भरत चितवन आफन्तको घरमा आएको पत्ता लागेपछि आफन्तको घर भेटिएको र घरमा उनको झोलासमेत फेला परेको थियो । त्यही झोलामा रहेको कागजपत्रको आधारमा उनी नेपाली सेनाको महेन्द्र दल गणको हुद्दा भएको खुलेको हो । सो गण शिवपुरी राष्ट्रिय निकुञ्जमा तैनाथ रहेको डीएसपी थापाले बताए ।

डीएसपी थापका अनुसार मृत व्यक्तिको टाउकोमा गोली लागेको जस्तो देखिने घाउ छ । शवका आडैमा गोलीको एउटा खोका पनि भेटिएको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । मृतकको परिवारसँग सम्पर्क भइसकेको र शव बुझ्न उनीहरु भरतपुर हिँडेको जानकारी दिए । उनी जग्गा किन्ने भन्दै चितवन आएको परिवारका सदस्यले जानकारी दिएको डीएसपी थापाले बताए ।

प्रकाशित : श्रावण ७, २०७८ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?