कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोइराला र सिंहसँगको सहकार्य टुट्ने खालको छैन : निधि

राजकुमार कार्की

सिन्धुली — कांग्रेस उपसभापति विमलेन्द्र निधिले शशांक कोइराला र प्रकाशमान सिंह सँगको सहकार्य थप दुई महाधिवेशनसम्म कायम रहने बताएका छन् । १४ औं महाधिवेशन तोकिएको मितिमै हुने भन्दै उनले पार्टी सभापतिका लागि आफूहरुमध्येबाट एकजनाको उम्मेद्वारी सहकार्यको प्रयास जारी रहेको बताए ।

कोइराला र सिंहसँगको सहकार्य टुट्ने खालको छैन : निधि

बीपी राजमार्ग भएर महोत्तरी पार्टी कार्यालय भवन उद्घाटनका लागि बिहीबार जाँदै गरेका उपसभापति निधिले सिन्धुलीमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको सम्बन्ध टुट्ने खालको नभएको जिकिर गरे ।

तीन कार्यकालसम्मको सभापति भागबण्डा अहिले नै हुन सक्ने उनको संकेत थियो । ‘मेरो, शशांक कोइराला र प्रकाशमान सिंहको सहकार्य टुट्ने खालको छैन,’ उनले भने, ‘अरु दुई वटा महाधिवेशनसम्म पनि सँगै जाने गरी मजबुत बनाइँदै छ ।’ आफू पार्टी सभापतिको सशक्त उम्मेद्वार भएको समेत दाबी निधिले गरे । त्यसका लागि काठमाडौंमा बानेश्वर बैंकेटमा सम्पर्क कार्यालयसमेत खोलिसकेको उनले बताए ।

कांग्रेसको केन्द्रिय महाधिवेशन बाहेक स्थानीय तहका वडा, जिल्ला, र प्रदेश अधिवेशनको तालिका हेरफेर हुने निधिको भनाइ थियो । साउन १२ मा तोकिएका वडाअधिवेशन लगायत प्रदेश सम्मको मिति सर्ने बताएका निधिले कहिले हुने भन्ने टुंगो भइनसकेको बताए ।

प्रधानमन्त्री भएसँगै शेरबहादुर देउवा पार्टी सभापतिको लागि अझ बलियो भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा निधिले कांग्रेस बलियो भएकाले प्रधानमन्त्री बलियो भएको भन्दै पार्टी सभापतिको लागि हो भने उहाँलाइ नै सोध्नुस् भनेर पन्छिए । ‘देउवा प्रधानमन्त्रीमा बलिया भएका छन्,’ उनले भने, ‘पार्टी सभापतिको पुन: उम्मेद्वारीका लागि हो भने मलाई थाहा छैन ।’

प्रकाशित : श्रावण ७, २०७८ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?