कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

चितवनमा एक जनाको शव भेटियो

रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका–१७ सिमलडाँडामा बिहीबार बिहान एक जना पुरुषको शव फेला परेको छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्य थापाका अनुसार टाउकोमा गोलीले घाउ लागेकोजस्तो देखिन्छ ।

शव फेला परेको जानकारी प्रहरीलाई बिहान साढे आठ बजेतिर आएको थियो । शवको आडैमा गोलीको एउटा खोका पनि भेटिएको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

‘बस्तीदेखि अलि पर खेतको आडमा कुलोमा शव भेटिएको हो । गोली लागेको झैं देखिन्छ । तर गोली चलेको सुन्ने कोही छैनन् । प्रहरीले चाँडै सत्यतथ्य पत्ता लगाउला । त्यो मान्छे उता तिरको जस्तो पनि छैन,’ भरतपुर महानगरपालिका–१७ का वडाध्यक्ष ललितमान तमाङले भने ।

प्रकाशित : श्रावण ७, २०७८ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?