कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

८१ केजी गाँजासहित ट्रक चालक पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुर प्रहरीले ८१ किलो ३ सय ५० ग्राम लागुऔषध गाँजासहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको छ । हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत मनहरी गाउँपालिका–८ सिमपानीबाट उक्त परिमाणको गाँजा बरामद भएको हो । 

८१ केजी गाँजासहित ट्रक चालक पक्राउ

पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–४ का ४२ वर्षीय बाबुराम नेगी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयेश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको विशेष टोलीले बिहान पौने ३ बजे ना८ख ८२८४ नम्बरको ट्रकभित्र उक्त गाँजा फेला पारेको हो ।

ट्रक चालक नेगीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ६, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?