सिन्धुलीमा करणीको आरोपमा दुई जना पक्राउ



सिन्धुली — सुस्त तथा अपांगता भएकी बालिकालाई जबरजस्ती करणी अभियोगमा वृद्धसहित दुई जना पक्राउ परेका छन् ।
बालिकालाई करणी गरेको अभियोगमा सुनकोसी गाउँपालिका २ का ७० वर्षीय वृद्धलाई घरबाटै पक्राउ गरेको हो । बालिकामाथि करणी गरेको अभियोग लागेपछि घरमै लुकिछिपी बसेको अवस्थामा वृद्धलाई नियन्त्रणमा लिएर जिल्लाअदालत सिन्धुलीबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी प्रवक्ता एवं डिएसपी मनोजकुमार लामाले जानकारी दिए ।
त्यस्तै १६ वर्षीया अर्की बालिकालाई जबरजस्ती करणी प्रयास गरेको भन्दै प्रहरीले मरिण गाउँपालिका ७ का ३२ वर्षीय दिपेन्द्र विकलाई नियन्त्रणमा लिएको छ । विकलाई जबर्रजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गराई अनुसन्धान सुरु गरिएको डिएसपी लामाले जनाए ।
प्रकाशित : श्रावण ५, २०७८ १७:३४



















