प्रदेशका ३ बृहत् विद्यालय छनोट

हेटौंडा — वाग्मती प्रदेश सरकारले तीनवटा सामुदायिक विद्यालयलाई बृहत् विद्यालयका रूपमा स्थापित गर्न छनोट गरेको छ ।

प्रदेशका ३ बृहत् विद्यालय छनोट


संघीय सरकारले प्रत्येक प्रदेशका ३ विद्यालयलाई बृहत् विद्यालयका रूपमा स्थापित गर्ने नीतिअन्तर्गत प्रदेश सरकारले मकवानपुरको हेटौंडा–२ स्थित सिद्धार्थ मावि, सिन्धुलीको गौमती मावि र सिन्धुपाल्चोकको थाङपाल भ्याली माविलाई छनोट गरेको हो । शिक्षा विकास निर्देशनालय वाग्मती प्रदेशकी अधिकृत शारदाकुमारी मैनालीका अनुसार प्रदेश सरकारले आधारभूत तथा प्राथमिक तहका सामुदायिक विद्यालय ‘मर्ज’ गरेर बृहत् विद्यालय स्थापना गर्न खोजेको हो ।

२ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयलाई मात्र यस कार्यक्रममा छनोट गरिएको छ । यस वर्षदेखि बृहत् विद्यालय व्यवस्थापनको प्रारम्भिक कार्य अगाडि बढाइने निर्देशनालयले जनाएको छ । आधारभूत आवश्यकतासहितको छात्रावासको व्यवस्था गर्ने र अनुशासित, गुणस्तरयुक्त सिकाइ र पठनपाठनका लागि व्यवस्थापन र संयन्त्र चुस्त बनाइने लक्ष्य राखिएको छ ।


प्रकाशित : श्रावण १, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?