१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३६ को परीक्षण गर्दा ३१ जनामा संक्रमण

दोलखा — ७२ वर्षीया वृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि गरिएको परीक्षणमा एकै टोलका ३१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । भीमेश्वर नगरपालिकाका–२ दाहाल टोलका ३६ जनाको गत असार २७ मा स्वाब संकलन गरिएको थियो ।

३६ को परीक्षण गर्दा ३१ जनामा संक्रमण

भीमेश्वर नगर स्वास्थ्य संयोजक श्याम खड्काका अनुसार खेतीपातीको काम र सार्वजनिक यातायात सञ्चालन भएसँगै नगरमा कोरोनाका बिरामी बढ्न थालेका हुन् । ‘दाहाल टोलमा समुदायमै कोरोना फैलिएको छ,’ खड्काले भने, ‘गाउँका अन्यको पनि स्वाब लिएका छौं, संक्रमितको संख्या बढ्न सक्छ ।’

स्वास्थ्य मापदण्ड पालना नभएको र परीक्षणको दायरा बढाएसँगै नगर क्षेत्रमा कोरोनाका बिरामी बढेको उनको बुझाइ छ । यही रफ्तारमा संक्रमित बढे अस्पतालमा बेड अभाव हुने उनले सुनाए । ‘आइतबारसम्म नगरमा ७२ जना सक्रिय संक्रमित रहेकामा बिहीबारसम्म यो संख्या १ सय ३६ पुगेको छ,’ उनले भने । पछिल्लो ३ दिनमा जिल्लामा १ सय २१ जना संक्रमित थपिएर सक्रिय संक्रमित ३ सय ३४ जना पुगेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण १, २०७८ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?