१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

भरतपुरमा पनि भेटियो डेल्टा भेरियन्ट

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरस परीक्षणमा भरतपुरमा दुई वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण भएका नमुना विदेश लगेर थप परीक्षण गर्दा डेल्टा भेरियन्ट भेटिएको हो ।

भरतपुरमा पनि भेटियो डेल्टा भेरियन्ट

अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले यो भेरियन्ट सबै उमेर समूहका व्यक्तिलाई संक्रमित गराउने र फोक्सोमा बढी असर गर्न सक्ने भएको बताए ।

अस्पतालको प्रयोगशालामा संक्रमण पुष्टि भएका ५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको थियो । सो प्रयोगशालाले तीमध्ये दुई वटा नमुना अन्तर्राष्ट्रिय प्रयोगशालामा पठाएको थियो । दुवै नमुनामा डेल्टा (बी.१.६१७.२–लाइक) प्रमाणित भएको डा. पौडेलले जानकारी दिए । पहिलो लहरको अल्फा भेरियन्टभन्दा यो बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको उनले बताए ।

‘त्रसित नभइ संक्रमण रोक्न जनस्वास्थ्य मापदण्डको पूर्णपालना गर्नुपर्ने आवश्यकता बढेर गएको छ,’ डा.पौडेलले भने । चितवनमा पछिल्लो समय निषेधाका धेरै खुकुलो भएसँगै संक्रमण पनि फैलन सुरु भएको छ । चितवनमा मध्य जेठमा सक्रिय संक्रमितको संख्या पाँच हजारको हाराहारीमा पुगेको थियो । त्यो घटेर असारको दोस्रो हप्ता हजारमा झर्‍यो । तर चितवन स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल संक्रिय संक्रमित एक हजार ३५७ पुगेको छ ।

प्रकाशित : असार २८, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?