१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धादिङमा दुई दिनदेखि विद्युत् अवरुद्ध

धादिङ — सदरमुकाम धादिङबेसी आसपासका पाँच गाउँपालिकामा दुईदिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ  । नुवाकोटको त्रिशूली उत्पादन गृहबाट जिल्लामा आउने विद्युत् प्रसारणको मुख्य खम्बा पहिरोले ढालेपछि विद्युत् अवरुद्ध भएको हो  ।

अविरल वर्षाले शनिबार नीलकण्ठ नगरपालिकाको भुलभुलेमाथि तीनदोभानेमा पहिरो गइ ३३ केभी लाइनको पोल ढल्दा विद्युत् अवरोध भएको विद्युत् प्राधिकरण धादिङ शाखाले जनाएको छ ।

लाइन मर्मतको काम भइरहेको भएपनि अझै कति समय लाग्ने भन्न नसकिने प्राधिकरणले जनाएको छ । विद्युत् नबनेसम्म वैकल्पिक व्यवस्था गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित : असार २७, २०७८ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?