३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बनेपामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

नगेन्द्र अधिकारी

काभ्रे — नेकपा (माओवादी केन्द्र) निकट अनेरास्वियु (क्रान्तिकारी) र नेकपा (एमाले)को माधवकुमार नेपाल निकट अनेरास्वियुले बनेपामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । 

बनेपामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाइयो

प्रतिगमनविरुद्ध भन्दै दुवै अनेरास्वियुका नेता कार्यकर्ताले संयुक्त रुपमा मंगलबार मसाल जुलुससहित प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् । नाराबाजीसहित चारदोबाटो आएका नेता तथा कार्यकर्ताले कोणसभा गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध एमालेकै एउटा समूह र विपक्षी दलहरु आन्दोलनमा छन् ।

प्रकाशित : असार २२, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?