बीपी राजमार्ग एकतर्फी खुल्यो

नगेन्द्र अधिकारी

काभ्रे — निरन्तरको वर्षापछि खोलाको सतह बढ्दा अवरुद्ध बीपी राजमार्गको माम्ती खण्ड १५ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ ।

रोशी–१२ माम्ती खोला माथिको ग्रामिण सडक बगेर थुप्रिएको लेदोको कारण राजमार्ग हुँदै पूर्वका जिल्लातर्फ लागेका र काठमाडौं आउँदै गरेका एक हजारभन्दा बढी सवारीसधान राजमार्ग नै अड्किएका थिए । शुक्रबार राति १२ बजेदेखि लेदो झरेर अवरुद्ध राजमार्ग शनिबार दिउँसो पौने ३ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो ।

वर्षा रोकिएको र लेदो पन्छाइएकोले सडक एकतर्फी सञ्चालनमा आएको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) लामाले जानकारी दिए । बिहानबाटै अवरोध हटाउन सुरु गरिए पनि निरन्तरको वर्षाका कारण कठिनाइ हुँदै आएको थियो । नमोबुद्ध–५ लास्कोटमा रहेको क्रसर उद्योगबाट आएको लेदोले राजमार्गमा अवरोध गरे पनि खुलाइएको छ ।

प्रकाशित : असार १९, २०७८ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?