कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मलेखु खोलाको बाढीले होटल बगायो

हृवासिन सिमेन्ट कम्पनीमा पनि क्षति
हरिहरसिंह राठौर

धादिङ — बेनिघाट रोराङ–२ ताल्तीमा बाढीले स्थानीय सिताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अर्को २ वटा होटलमा पनि बाढी पसेको छ ।

मलेखु खोलाको बाढीले होटल बगायो

यस्तै, हृवासिन सिमेन्टको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पुर्‍याएको स्थानीय प्रहरीले जनाएको छ । निर्माणाधीन हृवासिन सिमेन्ट कम्पनी निर्माणस्थलमा बिहीबार र शुक्रबारको भीषण वर्षा पछि बाढी पसेको हो ।

कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी सिमेन्ट कम्पनी भित्र पसेको छ । सिमेन्ट कम्पनीको छेउछाउमा भएको निर्माण सामाग्री समेत बगाएको छ ।निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने चिनियाँ मजदुरहरुको आवासमा पनि बाढी पसेपछि कामदारहरुलाई सुरक्षित स्थानमा सारिएको कम्पनीका स्थानीय व्यवस्थापक तुलसी थापाले बताए ।

अघिल्लो वर्षको भन्दा ठूलो बाढी आएको स्थानीयले बताएका छन् । अघिल्लो वर्षको बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्षति पुर्‍याएको थियो ।

केही दिनदेखिको वर्षातले धादिङ जिल्लाका अधिकांश नदी तथा खोलाहरुमा बाढी आएको छ । बिहीबार बिहान त्रिशूली नदीको बाढीले गजुरी गाउँपालिका–५, घाटबेसी नजिकै निर्माणाधीन मोटरेबल पुलमुनि रोकिराखेको एक्स्काभेटर बगाएको छ ।

बेनिघाट रोराङको मलेखु खोला, गल्छीको महेश खोला, थाक्रेको आग्राखोला, धादिङबेसीको थोपलामा आएको बाढी बढ्ने क्रममा छ । खनियाबासको आशीखोला, नेत्रावतीको किन्ताङखोला, लपाङखोला, त्रिपुरासुन्दरीको माङपाङ र कास्टे लगायतका खोलाहरूमा पनि बाढी आएको छ ।

प्रकाशित : असार १८, २०७८ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?