कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कमलामाईमा ९० प्रतिशत विद्युतीकरण

सिन्धुली — कमलामाई नगरपालिकाको ९० प्रतिशत भूभागमा विद्युतीकरणको काम सकिएको छ । पछिल्लो पटक वडा–८ मा बिजुली बत्ती बलेसँगै नगर क्षेत्रको ९० प्रतिशत भूभागमा विद्युतीकरणको काम सकिएको हो । 

कमलामाईमा ९० प्रतिशत विद्युतीकरण

वडाको तिनतले, पातिपरान, माइखोला, सिद्धेडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दी गाउँ यतिखेर बिजुलीले झलमल्ल बनेको छ । साढे २ करोड खर्चेर बिस्तार गरिएको विद्युत् सेवाबाट उक्त वडाका दुई सय घरपरिवार लाभान्वित भएका छन् । कमलामाईका १४ वडामध्ये वडा–१ र ४ को केही भागबाहेक सबै क्षेत्रमा विद्युतीकरण भएको नगरप्रमुख खड्गबहादुर खत्रीको दाबी छ ।

उनका अनुसार चालु आवमा विद्युतीकरणका लागि विनियोजित ६ करोड रुपैयाँले विद्युत् सेवा पुग्न बाँकी वडा–७, ८ र १० का सबै भूभागमा सेवा बिस्तार गरिएको छ । ‘बाँकी भूभागमा पनि असार मसान्तसम्ममा पुग्छ,’ उनले भने ।


प्रकाशित : असार १३, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×