१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जुवाखालबाट ५ जना पक्राउ

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सदरमुकाम मन्थलीबाट जुवा खेल्दै गरेका ५ जनालाई शुक्रबार मध्यराति प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट कौडासहित नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नबराज ढुंगानाका अनुसार कोभिड संक्रमणका बेला लगाएको निषेधाज्ञा समेतलाई अवज्ञा गरी जुवा खेलिरहेको सूचनाका आधारमा मन्थली–१ घारीटोलका चन्दबहादुर माझीको घरमा प्रहरीले मध्यरात छापा मारेको थियो ।

छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा घरधनी चन्द्रबहादुर माझी, मन्थली–६ हातिटारका तेजबहादुर माझी, मन्थली–८ गाईखुराका आइते माझी, मन्थली ९ पुरानागाउँका टिकाराज आरण र सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका–१ का नरेन्द्र माझीलाई कौडा र नगदसहित पक्राउ गरीएको हो । पक्राउ गरीएकाको साथबाट १ लाख ९२ हजार ९ सय ५० रुपैयाँ नगद बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाउने भएको छ । निषेधज्ञाको अवज्ञा गरेकाले थप मुद्दामा समेत मुद्दा चलाउनेबारे प्रहरीले छलफल गरिरहेको छ ।

प्रकाशित : असार १२, २०७८ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?