कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सिन्धुलीमा विद्यार्थीको विरोध प्रदर्शन

राजकुमार कार्की

सिन्धुली — विपक्षी गठबन्धनका विद्यार्थीहरुले असंवैधानिक प्रतिनिधिसभाको विघटन, पेट्रोलियम पदार्थ तथा खाद्यान्हको मूल्यवृद्धि, लगायतको विरोध गर्दै सदरमुकाम सिन्धुलीमाडीमा बिहीबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

सिन्धुलीमा विद्यार्थीको विरोध प्रदर्शन

नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थीहरुले सदरमुकामको लोकतान्त्रिक चौकमा प्लेकार्यसहित प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले प्रधानमन्त्री ओलीले चालेको कदम र त्यसको मतियार बनेको राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिगमन भाग २ तत्काल नसच्याए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले लोकतन्त्रलाई नै खतरामा पार्ने गरि एकपछि अर्को गर्दै असंवैधानिक कदम चालेकाले त्यसको खबरदारी गर्न र लोकतन्त्रलाई बचाउन विद्यार्थीहरु प्राण आहुति गर्न तयार रहेको नेविसंघ अध्यक्ष उत्पल खड्काले प्रतिक्रिया व्यक्त गरे ।

प्रकाशित : असार १०, २०७८ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?