धादिङ अस्पतालमा अक्सिजन प्लान्ट
धादिङ — धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्याइएको छ ।
प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको आईसीयू र अन्य वार्डमा रहेका बेडमा पुर्याइएको छ ।
यसअघि नीलकण्ठ नगरपालिकाले पनि धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको थियो ।
अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक रहेका बिरामीलाई छिमेकी जिल्ला नुवाकोट पठाउनुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ ।
प्रतिक्रिया