कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट

हरिहरसिंह राठौर

धादिङ — धादिङ अस्पतालले आइतबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ । 

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट

प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको आईसीयू र अन्य वार्डमा रहेका बेडमा पुर्‍याइएको छ ।

यसअघि नीलकण्ठ नगरपालिकाले पनि धादिङबेसीस्थित अस्थायी कोभिड अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरी सञ्चालनमा ल्याएको थियो ।

अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन आवश्यक रहेका बिरामीलाई छिमेकी जिल्ला नुवाकोट पठाउनुपर्ने बाध्यताबाट छुटकारा मिलेको छ ।


प्रकाशित : असार ६, २०७८ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?