२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बनेपामा आमाछोरा मृत भेटिए

अनुसन्धानका लागि श्रीमान्‌लाई प्रहरीले नियन्त्रणमा लिएको छ 

काभ्रे — बनेपा–११ सिनागालमा आमा र छोरा मृत भेटिएका छन् । पाँचखाल–६ स्थायी घर भई सोही स्थानमा डेरा गरी बस्ने ३० वर्षीया मनीषा कार्की घिमिरे र उनका ६ वर्षीय छोरा युवान मृत फेला परेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले जानकारी दिए । मनीषाका श्रीमान् ३३ वर्षीय माधवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


प्रहरी निरीक्षक कोइरालाका अनुसार, आमा र छोरालाई ‘मारेर’ भागेको सूचना आएपछि प्रहरीले माधवलाई पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालयमा वान्ता गरेका उनले आफूले विष खाएको बताएका थिए । डेरा हेर्दा आमा र छोरा मृत अवस्थामा फेला परेका थिए ।

कोठाबाट प्यारासिटामोल औषधि बरामद भएको प्रहरीले जनाएको छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने र थप अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए ।

प्रकाशित : असार ४, २०७८ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?